काठमाडौ, नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिस्ट आन्दोलनलाई सबै मिलेर सशक्त बनाउनुपर्ने बताउनुभएको छ ।
पार्टी कार्यालय धुम्बाराहीमा पुर्वमन्त्री कल्पना धमला सहित विभिन्न दलबाट नेकपा प्रवेश गर्ने नेता तथा कार्याकर्तालाई स्वागत गर्नुहुँदै उहाँले कम्युनिस्ट विचारधारा बोकेर अघि बढ्ने सबै शक्ति एक ठाउँमा हुनुको विकल्प नरहेको बताउनुभयो । उहाँले भन्नुभयो,–‘हामीले शान्ति प्रक्रियाको अन्त्यन्तै संकटपूर्ण अवस्थालाई सफलतापूर्वक सम्पन्न गरेका छौ र ‘हाम्रो आन्दोलनले मूर्त रुपमा पाएको छ । अहिले खाटो बसेको ठाउँलाई चिथोरेर कोपरेर घाँउ बनाएर अनेक गरेर क्यान्सर बनाउन पाए हुनेथियो भनेर एकथरिका मानिस लागेका छन् । उनीहरुबाट जोगिनु आवश्यक छ ।’
अध्यक्ष प्रचण्डले सबै नेकपामा गोलबद्ध हुँदा नेकपालाई चिथोर्न खोज्नेलाई सशक्त प्रतिकार गर्ने जवाफ मिलेको बताउनुभयो । प्रचण्डले भन्नुभयो,–‘नयाँ केही हुन्छ भन्दै घर छोडेर हिडनुभएका साथीहरुले लामो समयसम्म अल्मलिएपछि बल्ल झल्यास हुनुभयो । यो नयाँ हुने रहेनछ भन्ने थाहा भएर उहाँहरु फेरि घर फर्किनुभयो । घरमा भएका छोराछोरीभन्दा, घर छोडेर गएको छोराछोरी फर्कँदा सबैभन्दा रमाइलो र प्यारो लाग्ने रहेछ मलाई आज त्यस्तै भएको छ ।’
अध्यक्ष प्रचण्डले कम्युनिस्ट विचार राख्ने सबै नेता कार्यकर्तालाई नेकपामा स्वागत गर्न आफू आतूर रहेको बताउनुभयो । मोहन विक्रम सिंह, चित्रबहादुर केसी, मोहन बैद्धलाई पनि नेपालको कम्युनिस्ट आन्दोलनसँग जोडिन आग्रह गर्नुभयो ।
‘प्रचण्डले बाटो बिरायो हामी सही बाटोमा छौं भनेर विप्लवहरु अहिले एउटा बाटोमा हुनुहुन्छ । त्यो पनि उहाँहरुले गल्ती गर्नुभयो कि जस्तो लाग्छ,’ प्रचण्डले भन्नुभयो, ‘उहाँले नेकपा भित्रै बसेर आवाज उठाएमा आन्दोलन सार्थक हुन्छ भन्ने मेरो बुझाई हो ।’ डा.बाबुराम भट्टराईको बौद्धिकता अन्त गएर कहि त्यसले सकारात्मक परिणती दिएको देखिदैन , उहाँ कम्युनिष्ट आन्दोलनसँग जोडिदा मात्रै उहाँको बौद्धिकताको अर्थ हुने हो । नेकपा बाहिर गए सार्थक नहुने उहाँले जोड दिनुभयो ।
प्रचण्डले सबै कम्युनिस्ट विचार बोक्नेलाई नेकपाले स्वागत गर्ने र कम्युनिस्ट सोचलाई सँधै सम्मानसहित अघि बढाउने बताउनुभयो

























