एक वर्षभित्र गौतमबुद्ध विमानस्थल सञ्चालनमा ल्याइने
पर्यटनमन्त्री रवीन्द्र अधिकारीले सरकारले सन् २०१९ भित्र भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने तयारी गरिरहेको बताए । रिपोर्टर्स क्लबमा आइतबार आयोजित कार्यक्रमा उनले भने, ‘खुशीको कुरा छ । नयाँ सरकारले विमानस्थलको निर्माणसम्बन्धी कार्य अगाडि बढाउनमा देखिएका समस्या समाधान गरिसकेको छ