आज ४५औँ विश्व खाद्य दिवस मनाइँदै
काठमाडौँ । सरकारले विश्वव्यापी रूपमा स्वच्छ, पोषणयुक्त सन्तुलित भोजनको महत्त्वबारे जनचेतना जगाउन आज ४५औँ विश्व खाद्य दिवस मनाउँदै छ । कृषि विभागले संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन (एफएओ), खाद्यका लागि कृषि अभियानलगायत संघसंस्थाको समन्वयमा दिवस मनाउन लागेको हो