आजदेखि एसइई पूरक परीक्षा शुरु
देशभर एकैसाथ एसएलसीको रुपान्तरित माध्यमिक शिक्षा परीक्षा (सेकेन्डरी एजुकेशन एक्जाम) को पूरक परीक्षा आजदेखि शुरु भएको छ । देशभर एकैसाथ आज अंग्रेजी विषयको परीक्षा शान्तिपूर्ण रुपमा शुरु भएको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिनुभयो ।