कर्णालीको मुख्य न्यायाधिवक्तामा खनाल नियुक्त
कर्णाली । कर्णाली प्रदेश सरकारले कानून व्यवसायी मातृकाप्रसाद खनाललाई मुख्य न्यायाधिवक्ता पदमा नियुक्त गरेको छ । गत फागुन २८ गते बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले नेपालको संविधानको धारा १६० ९२० बमोजिम दैलेख आठबीस नगरपालिका–२ निवासी खनाललाई मुख्यन्यायाधिवक्ता पदमा नियुक्त गरेको हो