शव व्यवस्थापन तयारी
काभ्रेपलाञ्चोक । कोरोना सङ्क्रमणबाट मृत्यु भएकाको शव जिल्लामै व्यवस्थापन गर्न तयारी थालिएको छ । जिल्लामा मृत्युदर बढेको तथा काठमाडौँको पशुपति क्षेत्रस्थित विद्युतीय शवदाह गृहमा पालो कुर्नुपर्ने अवस्था आएमा वैकल्पिक शव व्यवस्थापन गर्न सरोकारवाला निकाय स्थानको व्यवस्थापनमा लागेको जनाइएको छ ।