जीवनबहादुर शाहीले कर्णालीको मुख्यमन्त्रीमा शपथ लिँदै
सुर्खेत । नेपाली कांग्रेस कर्णाली संसदीय दलका नेता जीवनबहादुर शाहीले मंगलबार राति साढे ८ बजे मुख्यमन्त्रीको शपथ लिँदै हुनुहुन्छ । आजै दिउँसो नै शाहीले मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएको थियो । उहाँले आजै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी गर्नुभएको छ