चितवन । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्मभूमिको माडीको अयोध्यापुरी नै रहेको दाबी गर्नुभएको छ ।
चितवनको माडी अयोध्याधामस्थित राम मन्दिरमा पूजाअर्चनापछि मंगलबार आयोजित आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले रामको जन्मभूमि माडीकै अयोध्यापुरी रहेको दाबी गर्नुभएको हो ।
गत वर्षको भानुभक्त जयन्तीका दिन माडीकै अयोध्यापुरीमा राम जन्मिएको अभिव्यक्ति दिनुभएका ओलीले फेरि सोही अभिव्यक्ति दोहोर्याउनुभएको हो ।
रामको वास्तविक जन्मभूमि माडीको अयोध्यापुरी नै भएको भन्दै उहाँले भारतमा भएको अयोध्यापुरीको वास्तविक नाम फैजावाद भएको जिकिर गर्नुभयो ।
माडी नै राम जन्मभूमि भएको भनेर पुष्टि हुने वाल्मीकि आश्रम, देवघाट र त्रिवेणी रहेको दाबी गर्दै उहाँले आफूले अध्ययन गरेर नै यहाँका बारेमा बताएको जानकारी दिनुभयो ।
























