लालबकैया खोलामा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता
रौतहट । रौतहटको देवाही गोनाही नगरपालिका–१ करुनियास्थित लालबकैया खोलामा नुहाउने क्रममा मंगलबार तीन बालबालिका बेपत्ता भएका छन् । दिउँसो करिब २:०० बजे सो खोलामा नुहाउने तथा पौडी खेल्ने क्रममा बेपत्ता भएका बालबालिकाको खोजीकार्य जारी रहे पनि अहिलेसम्म फेला पार्न नसकिएको