काठमाडौं । सर्वोच्च अदालतमा चार जना न्यायाधीश नियुक्त भएका छन्।
न्याय परिषद्को सिफारिसका आधारमा राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार चार जना न्यायाधीश नियुक्त गरेका हुन्।
नियुक्त हुनेमा डा. रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगी रहेका छन्।
राष्ट्रपतिबाट नियुक्तिसँगै सर्वोच्च अदालतमा चार जना नयाँ न्यायाधीश थपिएका छन्।




















