एमाले महाधिवेशन उद्घाटनका दिन भरतपुरमा गाडी सञ्चालनमा रोक
चितवन । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को १०औं राष्ट्रिय महाधिवेशन उद्घाटनका दिन नारायणगढ र भरतपुर क्षेत्रका मुख्य सहरी क्षेत्रमा सवारीसाधन चल्न रोक लाग्ने भएको छ । मानिसको चाप बढी हुने भएपछि व्यवस्थापन सहजका लागि सवारीसाधनमा रोक लगाइएको हो ।