पर्यटक लुटपाटको आरोपमा ७ जना प्रहरी नियन्त्रणमा
सिमकोट । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा विदेशी पर्यटकलाई लुटपाट गरेको आरोपमा प्रहरीले ७ जनालाई नियन्त्रणमा लिएको छ । ग्रेट हिमालयन ट्रेलको यात्राका क्रममा रहेका जर्मन नागरिक ३८ वर्षीय मेटियर्स इक्माले आफूमाथि लुटपाट गरेको उजुरी दिएपछि उनीहरु पक्राउ परेका हुन् ।