काठमाडौँ । ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा एकै दिन २ हजार ६२३ जना सवारीचालकलाई कारबाही गरेको छ ।
ट्राफिक नियम उल्लंघन गरेका कारण शनिबार उपत्यकाका विभिन्न स्थानमा उनीहरूलाई कारवाही गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
कारवाहीमा पर्नेमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाउने २०२, लेन अनुशासन पालना नगर्ने ४७, रेड लाइटमा सावरी साधन चलाउने १०५, निषेधित क्षेत्रमा हर्न बजाउने ८७ र नदेखिने गरी नम्बर प्लेट राख्ने २६ जना सवारी चालक रहेका छन् । २ हजार १५६ जना सवारीचालकलाई भने अन्य कारबाही गरिएको कार्यालयले जनाएको छ ।



















