काठमाडौँ । कांग्रेस नेता प्रदीप गिरीलाई भेट्न राष्ट्रपति विद्यादेवी भण्डारी अस्पताल जानुभएको छ । नेता गिरीको स्वास्थ्य अवस्था क्रिटिकल भएपछि राष्ट्रपति भण्डारी उनलाई भेट्न शनिबार अस्पताल जानुभएको हो ।
शनिबार बिहान ११ बजे अस्पताल जानुभएकी राष्ट्रपति भण्डारीलाई अस्पतालका सञ्चालक समितिका अध्यक्ष डा. उपेन्द्र महतोले नेता गिरीको स्वास्थ्य अवस्थाबारे जानकारी गराएको राष्ट्रपतिको सचिवालयले जनाएको छ । राष्ट्रपति भण्डारी करिब एक घण्टा अस्पतालमा रहनुभएको थियो ।



















