डुबेर दुई बालबालिकाको मृत्यु
सुर्खेत । डुबेर दुईजना बालबालिकाको मृत्यु भएको छ । दैलेखको दुल्लु नगरपालिका-३ सियालामा पानी ट्याङ्कीमा डुबेर ती बालबालिकाको मृत्यु भएको हो । दुल्लु नगरपालिका-३ सियालाका बखत महतका छोरा दिनेश महत र छोरी अनिता महतको सोमबार बेलुका मृत्यु भएको हो ।