लुम्बिनी सरकारमा मन्त्री बनेका शाहीमाथि एमालेद्वारा कारबाही प्रक्रिया सुरु
बुटवल । नेकपा एमालेले चार दलीय गठबन्धनलाई सघाएको भन्दै लुम्बिनी प्रदेशका दुईजना सांसदलाई कारबाहीका लागि प्रक्रिया अगाडि बढाएको छ । एमालेको चुनाव चिन्हबाट निर्वाचित नवलपरासीका सांसद अजय शाही र तत्कालीन नेकपाको सूर्य चिन्हबाट जितेकी विमला वलीले नयाँ सरकार बनाउन दाबी