बाँके । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले बैजनाथ गाउँपालिका-८ बस्ने २३ वर्षीय राजकुमार थारु लगायत ७ जनालाई आइतबार दिउँसो पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले खजुरा गाउँपालिका-५ चाईना इँट्टाभट्टा नजिक शंकास्पद रूपमा भे.३ प ३५२७ नम्बरको मोटरसाइकलमा ती किशोरीलाई २ जना पुरूषले मोटरसाइकलको बिचमा राखी हिँडिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको थियो ।
सोधपुछ तथा अनुसन्धानको क्रममा बैजनाथ गाउँपालिका-८ बस्ने १७ वर्षीय किशोरले फेसबुक मार्फत सोही ठाउँस्थित मानखोलाको छेउमा रहेको बंगुरको खोरमा बोलाई राजकुमार थारु लगायत ५ जनाले जबरजस्ती करणी गरेको र २ जनाले जबरजस्ती करणी पश्चात ती किशोरीलाई घरतर्फ छोड्न जान लागेको भन्ने खुल्न आएपछि घटनामा संलग्न ७ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा बैजनाथ गाउँपालिकाका हेमराज थारु, निराजन थारु, विक्रान्त थारु, प्रवीण थारु, राजकुमार थारु, विश्वनाथ थारु र निर्देश थारु रहेका छन्।
हेमराज थारुको पीडित किशोरीसँग चिनजान र प्रेम सम्बन्ध थियो । उनले आफ्नो जन्मदिन मनाउन भन्दै किशोरीलाई भेट्न बोलाएका थिए। बाँके र बर्दियाको सिमानामा पर्ने मानखोलामा भेट्न आएकी किशोरीलाई उनीहरुले शनिबार राति सामूहिक बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

















