लुम्बिनीकी राज्यमन्त्री वलीलाई तत्काल बर्खास्त गर्न एमालेको माग
बुटवल । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी वलीलाई तत्काल बर्खास्त गर्न सरकारसँग माग गरेको छ । वलीले मंगलबार बिहान दाङको तुल्सीपुर उपमहानगरपालिका–५ का एकराज बस्नेतको घरमा गई बस्नेतकी श्रीमती मीना र नाबालक छोरीमाथि हातपात र दुर्व्यबहार