पर्वतमा पहिलोपटक एक सय ४० रोपनीमा जापानी कटुसखेती
पर्वत । जनशक्ति अभाव र बाँदर आतङ्कले खेतीपाती गर्न छाडेर वर्षौँदेखि झाडीमा परिणत भएको खेतबारी जोतेर जापानी कटुसको नामले परिचित (मेकाडेमिया नट) खेती विस्तार गरिएको छ । पर्वतको कुश्मा नगरपालिका–१२ ठुलीपोखरीस्थित पुवाडाँडामा रहेको एक सय ४० रोपनी क्षेत्रमा मेकाडेमिया नटखेती