
काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारी अनुगमनका लागि प्रधानमन्त्री सुशीला कार्की आज बिहान मुस्ताङ पुगेकी छन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलका अनुसार प्रधानमन्त्री कार्कीले हिमाली बस्तीहरूमा पुगेर स्थानीय नागरिकसँग अन्तरक्रिया गरेकी छन्। साथै, उनले जोमसोममा स्थानीय प्रशासनिक अधिकारीहरूसँग निर्वाचन तयारीबारे छलफल पनि गरेकी छन्।
भ्रमणको क्रममा प्रधानमन्त्री कार्कीले बिहान मुक्तिनाथ मन्दिर को दर्शनसमेत गरेकी थिइन्।
निर्वाचनको मिति नजिकिँदै जाँदा प्रधानमन्त्री कार्कीले पछिल्ला दिनहरूमा हिमाली जिल्लाहरूको भ्रमण तथा अनुगमनलाई तीव्रता दिएकी छन्।




















