पोखराको लामेआहालमा माइक्रोबस दुर्घटना हुँदा ३ को मृत्यु, ४ जना घाइते
पोखरा । पृथ्वी राजमार्ग सडक खण्डको पोखरा-३२, लामेआहालमा इलेक्ट्रिक माइक्रोबस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । काठमाडौंबाट पोखरातर्फ आउँदै गरेको ग१ज ८६३० नम्बरको माइक्रोबस दुर्घटनामा परेको हो । मृतकको सनाखत हुन सकेको छैन । जिल्ला ट्राफिक कार्यालय कास्कीका