देशभर ७८.८४ प्रतिशत धान रोपाइँ सम्पन्न
काठमाडौं,साउन १२ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष आइतबारसम्म देशभर ७८ दशमलव ८४ प्रतिशत धान रोपाइँ भएको जनाएको छ । मन्त्रालयकाअनुसार कोशी प्रदेशमा ८०.३९ प्रतिशत, मधेश प्रदेशमा ५१.८२ प्रतिशत, बागमती प्रदेशमा ८७.१९ प्रतिशत भूभागमा रोपाइँ भएको छ ।