जापानी सम्राटको शुभराज्याभिषेकमा सहभागी हुन जापान जाँदै राष्ट्रपति भण्डारी
काठमाडौं, हाल म्यानमारको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी जापान जाने भएकी छन् । उनी जापानी सम्राट नारुहितोको शुभराज्याभिषेकको अवसरमा आयोजना हुने समारोहमा भाग लिन जापान सरकारको मैत्रीपूर्ण निमन्त्रणामा यही ३ कात्तिकदेखि ५ गतेसम्म जापानको औपचारिक भ्रमण गर्ने भएकी