काठमाडौं । गत १४ पुसपछि पुनः मकवानपुरको सिम भञ्ज्याङमा हिमपात भएको छ ।
बिहीबार रातिदेखि भएको हिमपातका कारण त्रिभुवन राजपथ अवरुद्ध हुन पुगेको छ ।
सिम भञ्ज्याङ क्षेत्रमा झन्डै ३ किलोमिटरसम्मको सडक क्षेत्रमा हिउँ परेका कारण शुक्रबार बिहानदेखि नै त्रिभुवन राजपथ भएर चल्ने सबैजसो सवारी साधन रोकिन पुगेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको छ ।























