काठमाडौं । काठमाडौं कोभिड महामारीको तेश्रो लहरको हट स्पट बनेको छ । सरकारले स्वास्थ्य मापदण्डहरु सार्वजनिक गरेको छ । तर मुलुक कै जेठो बिश्वबिद्यालय त्रिभुवन बिश्वविद्यालय भने धमाधम परीक्षा तालिका प्रकाशन गरिरहेको छ । कोरोना महामारीको त्रास भोगिरहेका विद्यार्थी तथा तिनका अभिभाबकहरुलाई परीक्षाले आतंकित बनाएको छ ।
मुलुकमा पुष्टि भएका कूल संक्रमित मध्ये आधाभन्दा बढी काठमाडौं उपत्यकाका हुने गरेका छन् ।बुधबारको तथ्यांकमा मुलुकभरमा ११ हजार ३५२ जनामा संक्रमण पुष्टि भएको थियो । जसमध्ये भक्तपुरमा ५७८, ललितपुरमा १ हजार १९ र काठमाडौंमा ४ हजार ६६६ जना गरी ६ हजार ३४३ जना संक्रमित थपिएका थिए ।
संक्रमण बढ्दा पनि विश्वविद्यालयले भौतिक उपस्थितिमा परीक्षा दिनैपर्ने बाध्यता सिर्जना गरिएको र मापदण्ड पालना नगरिएको भन्दै विद्यार्थीहरुले गुनासो गरेका छन् ।
कानुन संकाय अन्तर्गत एलएलएम प्रथम सेमेस्टरका बिध्यार्थीहरुले प्रतिकुल अबस्थामा परीक्षा नगराउन माग गर्दै उपकुलपतिको कार्यालय घेराउ गरेका छन् । कोभिड प्रोटोकलको ख्याल गर्दै प्रथम सेमिस्टरका बिद्यार्थीहरु प्रतिनिधिमुलक ढ्ङले ज्ञापन पत्र बुझाउन उपकुलपतीको कार्यालय पुगेका थिए । सामान्य अबस्थामा रिजल्ट प्रकासित लगायत आफ्नै क्यालेण्डर कहिल्यै समयमा कार्यान्वयन नगर्ने त्रिभुवन बिश्वबिध्यालय कोभिड महामारीमा परीक्षा गर्न हतारिनु बुझिनसक्नुको बिरोधाभाष सिर्जना गरेको उपकुलपतिको कार्यालय घेराउमा सहभागि नेशनल ल कलेजमा एल एल एम प्रथम सेमेस्टरमा अध्ययनरत बिद्यार्थी निरज गुप्ताले बताएका छन् ।
ज्ञापनपत्र बुझाउन पुगेका बिध्यार्थी प्रतिनिधिहरुलार्इ उपकुलपतीले महामारीको बहाना बनाउँदै भेट गर्न नमाने पछि आक्रोसित बिध्यार्थीहरु उपकुलपति कार्यलयको गेटमा केहीबेर नाराबाजी गरेर फर्केका छन् । ज्ञापनपत्र बुझाउन गएका दुई/चार जना विद्यार्थीसँग संक्रमणको डराउने भेट नगर्ने उपकुलपतिले विद्यार्थीहरुको स्वास्थ्यमा भने खेलवाड गर्न खोजेको भन्दै विद्यार्थीहरु आक्रोशित भएका छन् ।
काठमाडौं विश्वविद्यालयले भने कोभिडको कारण परीक्षा स्थगित गरेको छ । काठमाण्डौं युनिभर्सिटी कलेज अफ म्यानेजमेन्टको परीक्षा अनिश्चितकालका लागि स्थगित गरेको हो ।
त्रिभुवन विश्वविद्यालयले पनि परीक्षा स्थगित गर्नुपर्ने विद्यार्थीहरुको माग छ । परीक्षा स्थगित नगरेमा बिद्यार्थीहरुले उपकुलपति बिरुद्ध रिट दायर गर्ने ज्ञापन पत्रमा बुझाउन पुगेका बिद्यार्थी निश्चल खरेलले चेतावनी दिएका छन् ।