कालापानीबाट भारतीय फौज हटाएरै छाड्छौं : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानीबाट भारतीय सेना फिर्ता लैजान भारतलाई आग्रह गर्नु भएको छ । नेकपाको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको पहिलो बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार आफ्नो अतिक्रमित भूमि फिर्ता लिन सक्षम रहेको बताउनुभयो ।