प्रकाश र रोदन सम्मानित
भक्तपुर । ग्वंगः सिरपा सम्मान- २०७८ बाट ‘अभिमन्यु’ निबन्ध कृतिका निबन्धकार श्रीओम श्रेष्ठ ‘रोदन’ र ‘वीरग्रन्थ’ निबन्ध कृतिका सर्जक तिलक प्रकाश पुरस्कृत तथा सम्मानित भएका छन् । मंगलबार साहित्यिक सम्मान सङ्गमको आयोजनामा श्रेष्ठ र रोदनलाई जनही ५० हजार पाँच रुपैँयाँ पुरस्कार प्रदान गरिएको हो ।