काठमाडौँ । प्रहरीले ठूलो परिमाणमा सेतो र खैरो हेरोइनसहित सात जना अफ्रिकन महिलाहरुलाई पक्राउ गरेको छ। उनीहरु पाँच वटा समूहमा आएका थिए । एउटै गिरोहले उनीहरुलाई नेपाल पठाएको आशंका गरिएको छ ।
लागुऔषध नियन्त्रण ब्युरोले ५१ केजी लागुऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट ४९ किलो सेतो र २ किलो खैरो हेरोइन बरामद भएको प्रहरीले जनाएको छ।
ब्यूरोका अनुसार नेपालमा एकसाथ बरामद भएको यो हेरोइन अहिलेसम्मकै धेरै हो। एक केजी हेरोइनको मूल्य दुई करोड पर्ने गरेको छ ।
























