बूढानीलकण्ठमा ५१ हजारलाई लगाइयो कोरोनाविरुद्धको खोप
काठमाडौं । बूढानीलकण्ठ नगरपालिकामा ५१ हजारले कोरोनाविरुद्धको खोप लगाएका छन् । नगरपालिकाको पहलमा सो खोप ल्याइएको थियो । खोप शुरु भएदेखि हालसम्म विभिन्न उमेर समूहका ५१ हजार ५८२ जनाले खोप लगाइसकेका नगरपालिकाको स्वास्थ्य शाखाका अधिकृत डा. अङ्कित पौडेलले जानकारी दिनुभयो