अधिकांश कर्मचारीलाई कोरोना भएपछि सोमबारबाट ललितपुर महानगरपालिका बन्द
काठमाडौं । ललितपुर महानगरपालिकामा सोमबारदेखि अत्यावश्यकबाहेकका सेवा बन्द हुने भएको छ । महानगरपालिकाले आइतबार एक सूचना जारी गर्दै कोरोनाको नयाँ भरियन्ट ओमिक्रोनको संक्रमण बढ्दै गएको र यसबाट महानगरपालिकामा कार्यरत कर्मचारीहरु र जनप्रतिनिधिहरु समेत संक्रमित भई उपचार एवं होम आइसोलेशनमा रहेको जनाएको