काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ९१२ जना कोरोना संक्रमित थपिएका छन् भने १ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ४९१ जनाको परीक्षणमा ९१२ जना संक्रमित थपिएका हुन् । जसमध्ये २ हजार ९४१ जनाको पीसीआर परीक्षण गर्दा ५२९ जना र ३ हजार ५५० जनाको एन्टिजेन परीक्षण गर्दा ३८३ जना संक्रमित थपिएका हुन् ।
योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५ हजार ७६० पुगेको छ । पछिल्लो २४ घण्टामा ३७० जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार ५ हजार ५८७ जना होम आइसोलेसनमा रहेका छन् भने १७३ जना संस्थागत आइसोलेसन र ४२ जना आईसीयूमा छन् ।
यस्तै २ जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ३३ हजार ५२५ पुगेको छ ।