नवमीमा यो वर्ष तलेजु भवानीको मन्दिर खुल्ने
काठमाडौं । महानवमीका अवसरमा यस वर्ष हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु भवानीको मन्दिर खुला गरिने भएको छ । तलेजु भवानीको मन्दिर प्रत्येक वर्ष दशैंको नवमीको दिनमात्र खुल्छ । तर गत वर्ष कोरोना संक्रमणको जोखिम बढी भएकाले बन्दै गरिएको थियो ।