काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३०० जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ५९० जनाको परीक्षणमा ३०० जना संक्रमित थपिएका हुन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ९८१ जनाको पीसीआर परीक्षण गर्दा १७७ जना र २ हजार ६०९ जनाको एन्टिजेन परीक्षण गर्दा १२३ जना संक्रमित थपिएका हुन् ।
योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २ हजार ४५७ पुगेको छ । पछिल्लो २४ घण्टामा १२४ जना संक्रमणमुक्त भएका छन् ।




















