काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २३० जना कोरोना संक्रमित थपिएका छन् भने संक्रमणका कारण २ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ८३६ जनाको परीक्षणमा २३० जना संक्रमित थपिएका हुन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ९५६ जनाको पीसीआर परीक्षण गर्दा १२८ जना र २ हजार ८८० जनाको एन्टिजेन परीक्षण गर्दा १०२ जना संक्रमित थपिएका हुन् ।
यस्तै बुधबार कोरोना सक्रिय संक्रमितको संख्या २ हजार ५०५ पुगेको छ । पछिल्लो २४ घण्टामा ७८ जना संक्रमणमुक्त भएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार २ हजार ३८० जना होम आइसोलेसनमा रहेका छन् भने १२५ जना संस्थागत आइसोलेसन र ३२ जना आईसीयूमा छन् । यस्तै ३ जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
बुधबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ४९ हजार ५२६ पुगेको छ ।



















