सहकारी ठगी प्रकरणमा इच्छाराज तामाङकी पत्नी पक्राउ
काठमाडौं । काठमाडौंको सोल्टीमोडमा रहेको सिभिल सेभिङ्स एण्ड क्रेडिट सहकारी ठगी प्रकरणमा इच्छाराज तामाङकी पत्नी सिर्जना शाक्य तामाङलाई पनि प्रहरीले पक्राउ गरेको छ । ठगी सम्बन्धी कसूरमा फरार रहेकी तामाङलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले मंगलबार काठमाडौंबाट पक्राउ गरेको