छात्रवृत्तिको विवरण जेठ २८ सम्म नबुझाए ३४२ विद्यालयको अनुमति खारेज
काठमाडौं । काठमाडौं महानगरपालिकाले नियम अनुसार छात्रवृत्ति उपलब्ध नगराएका ३४२ विद्यालयको सूची सार्वजनिक गरेको छ। कमनपाले गत जेठ १० गते कुल विद्यार्थीको १० प्रतिशतलाई छात्रवृत्ति प्रदान गर्न र त्यसको विवरण वेबसाइटमा प्रकाशित गर्नुका साथै महानगरमा उपलव्ध गराउन भनेको थियो ।