काठमाडौं । अरनिको यातायातले भूकम्पबाट प्रभावितका परिवारका सदस्यलाई काठमाडौंबाट जाजरकोट तथा रुकुम पश्चिम जानका निःशुल्क बस सेवा प्रदान गरिरहेको छ ।
पूर्वअरनिको यातायात प्रालिले आज पनि जाजरकोट र पश्चिम रुकुमका लागि एक–एक वटा बस त्यता पठाउन लागेको प्रहरी बिट नयाँ बसपार्कले जनाएको छ।
सो बस जटिबुटीबाट छुटेर नयाँ बसपार्कमा रहेका यात्रु लिएर जाजरकोट र रुकुमका लागि प्रस्थान गर्नेछन् । हिजाेसहित आज बिहानको लागि पनि निःशुल्क बसको व्यवस्था गरिएको छ ।
जाजरकोट र रुकुम जान चाहने भूकम्प प्रभावित परिवारका सदस्यले मोबाइल नम्बर ९८४०२६६७९७ मा सम्पर्क गर्न सक्ने प्रहरीले जनाएको छ।
उता, पृथ्वी यातायातले पनि प्रभावित परिवारको लागि एउटा निःशुल्क बसको व्यवस्था गरेको छ।