अदालतको आदेश तथा फैसलाप्रति पूर्णसम्मान छः मेयर बालेन
काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाह (बालेन)ले अदालतको आदेश,फैसला तथा न्याय सम्पादनको कार्यप्रति आफ्नो पूर्णसम्मान रहेको बताएका छन् । मेयर शाहले राजनीतिक दृष्टिकोणसहित व्यापक अर्थ वा सन्दर्भमा अभिव्यक्त विचारलाई अप्रमाणित रुपमा अदालतको अवहेलनाको विषय बनाइन नहुने उल्लेख गरेका छन्