मकवानपुरमा जङ्गली च्याउ खाँदा एकजनाको मृत्यु, चारजना अस्पतालमा
हेटौँडा । मकवानपुरको राक्सिराङ गाउँपालिकामा जङ्गली च्याउ खाएर एकै परिवारका पाँच जना बिरामी परेका छन्, जसमध्ये एक जनाको मृत्यु भएको छ। स्थानीय बल बहादुर प्रजा (५५) ले जङ्गलबाट ल्याएको च्याउ पकाएर खाएपछि उनी र उनका परिवारका सदस्यहरू बिरामी परेका थिए ।