जलमग्न बबरमहलको सडक भासियो
काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेर जलमग्न भएपछि काठमाडौंस्थित बबरमहलको सडक भाँसिएको छ । सडक भाँसिएपछि हाल आवतजावत रोकिएको छ । पाइप फुटेपछि अनियन्त्रित रुपमा बगेको पानीले बबरमहलस्थित त्यहाँका सरकारी कार्यालयहरु डुबानमा परेका छन् भने विशेष अदालतमा सुनुवाइ रोकिएको