काठमाडौँ । काठमाडौँ महानगरपालिकाको प्रमुखबाट राजीनामा दिएका बालेन्द्र शाह ‘बालेन’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वरिष्ठ नेताको पदबहाली गरिएको छ ।
आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवारी दिन लाग्नुभएका शाहले आज महानगरपालिकाको उपप्रमुख सुनिता डङ्गोललाई राजीनामा बुझाएर रास्वपामा औचारिक रूपमा पदबहाली गरिएको हो ।
रास्वपाको केन्द्रीय कार्यालय बनस्थली पुगिएका शाहले रास्वपा सभापति रवि लामिछानेसँगै घण्टीघरमा रहेको घण्टी बजाउनुका साथै आफ्नो पदबहाली गरिएको हो । (रासस)




















