आज पनि शिक्षकहरू आन्दोलनमा
काठमाडौं । सरकारले विद्यालय शिक्षा विधेयक अघि नबढाएको भन्दै देशभरका शिक्षकहरू आन्दोलनमा उत्रिएका छन्। पुराना मागमा सरकारले बेवास्ता गरेको भन्दै शिक्षकहरूले बुधबारदेखि आन्दोलन सुरू गरेका हुन्। नेपाल शिक्षक महासंघको अगुवाइमा बुधबार माइतीघरमा देशैभरबाट करिब ४० हजार शिक्षक सडक आन्दोलनमा उत्रिएका छन्।