राष्ट्रपति विद्यादेवी भण्डारीबाट जानकी मन्दिरमा पूजापाठ
जनकपुर । राष्ट्रपति विद्यादेवी भण्डारीले जनकपुरधामस्थित जानकी मन्दिरमा आज बिहान पूजापाठ गर्नु भएको छ । विवाहपञ्चमीमा भारतको अयोध्याबाट आएका जन्तीलाई स्वागत गर्न जनकपुरधाम आएउनु भएकी राष्ट्रपति भण्डारीले जानकी मन्दिरमा पूजापाठ गर्नुका साथै बाह्रबिघा मैदानमा भारतीय जन्तीलाई स्वागत गर्नु भएको छ