Margadarsan


  • प्रदेश २ मा एक्कासि चलेको हुस्सु र शितलहरले जनजीवन कष्टकर  

    मार्गदर्शन ७ मंसिर २०७८, मंगलवार

    जनकपुरधाम । प्रदेश २ का जिल्लामा एक्कासि बाक्लो हुस्सु र शितलहर चलेपछि जनजीवन प्रभावित हुन पुगेकाे छ । मंगलबार विहानैदेखि यस क्षेत्रमा चिसो बढेको छ ।

    एक्कासि चिसो बढेपछि जनकपुरधामसहित यस क्षेत्रका शहरी क्षेत्रमा सर्वसाधारणको चहलपहलसमेत घटेको छ । चिसो बढेपछि स्थानीयहरूले ठाउँठाउँमा आगो बालेर ताप्न सुरु गरेका छन् । मंगबार बिहानै ५ बजे लागेको बाक्लो हुस्सुका कारण गाडी, मोटरसाइकलहरू लाइट बालेर चलाउनुपर्ने अवस्था छ ।

    हुस्सुका कारण पूर्वपश्चिम राजमार्गमा सवारीसाधन आवतजावतको संख्यासमेत घटेको छ । पुस र माघमा लाग्ने हुस्सु र शितलहर मंसिरको सुरुको पहिलो सातामै सुरू भएपछि सर्वसाधारणले यस वर्षको चिसो लामो हुने अनुमान गरेका छन् ।

    फेसबुक प्रतिक्रिया