काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारी आज महाेत्तरी जानुहुने भएको छ ।
महोत्तरीको सदरमुकाम जलेश्वरमा अवस्थित बाबा जलेश्वरनाथ महादेवको पूजाअर्चना र दर्शन गर्न राष्ट्रपति भण्डारी त्यसतर्फ जान लाग्नुभएकाे राष्ट्रपति कार्यालयले बताएको छ ।
राष्ट्रपति भण्डारीकाे स्वागतका लागि सबै तयारी पूरा भएकाे र राष्ट्रपति आउने खबरले नगरवासी उत्साहित भएका नगर प्रमुख रामशंकर मिश्रले बताउनुभयाे । राष्ट्रपतिकाे स्वागतका लागि विभिन्न ठाउँमा स्वागतद्वार निर्माण र बाबा जलेश्वरनाथ महादेव मन्दिरलाई सजाएर झकिझकाउ पारिएकाे पनि उहाँले जानकारी दिनुभयो ।
साे अवसमा राष्ट्रपति भण्डारीलाई विशेष सम्मान गरिने पनि मिश्रले जानकारी दिनुभयाे । राष्ट्रपति भण्डारीले आजै मटिहानीका धार्मिकस्थल, संस्कृत शिक्षाको पुरानो केन्द्र रहेको ३ सय ३ वर्ष पुरानो पाठशालाको अवलोकन र नवनवनिर्मित रंगशाला पनि उद्घाटन गर्नुहुने कार्यक्रम रहेको छ ।