आज देशभर विद्याकी देवी सरस्वतीको पूजा आराधना गरिँदै
काठमाडौं । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा-आराधना गरी देशभर श्रद्धा र भक्तिपूर्वक मनाइने पर्व आज वसन्त पञ्चमीका रूपमा मनाइँदै छ । सूर्य उत्तरायण लागि दिन लम्बिँदै जाने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका कारण