उदयपुरमा बाढीले बगाउँदा पुरुष र माटोको ढिस्कोमा पुरिँदा महिलाको मृत्यु
उदयपुर । उदयपुरमा आइतबार भएको छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु भएको छ। उदयपुरगढी गाउँपालिका–६ धप्परका ४० वर्षीय तोपबहादुर सार्कीको आज साँझ खोलाले बगाउँदा मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयकाअनुसार सार्कीलाई नेपालटार बजारबाट घर जाँदै गर्दा वैजनाथ खोलाले बगाएर मृत्यु भएको हो।