एभर्टनमाथि बोर्नमाउथको शानदार जित
काठमाडौं । इङलिश प्रिमियर लिग अन्तर्गत एभर्टनले लगातार तेस्रो हार बेहोरेको छ । शनिबार सम्पन्न खेलमा एभर्टन बोर्नमाउथसँग ३-२ गोल अन्तरले पराजित भएको हो । २-० ले पछाडी रहेको बोर्नमाउथले खेलको ८७ मिनेटपछि तीन गोल गर्दै एभर्टनलाई स्तब्ध बनाएको थियो