एनपीएल पहिलो क्वालिफायरः जनकपुरले दियो सुदूरपश्चिमलाई १४० रनको लक्ष्य
काठमाडौं । त्रिवि क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो क्वालिफायरमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई १४० रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३९ रन बनाएको छ ।