नेपालद्वारा ओमानलाई १८५ रनको लक्ष्य
काठमाडौं । नेपालले ओमानलाई १८५ रनको लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी आईसीसी टीट्वेन्टी विश्वकपअन्तर्गत एसिया क्षेत्र छनोटको फाइनल खेलमा नेपालले ओमानविरुद्ध १८४ रन बनाएको हो। टस जितेसँगै नेपालका कप्तान रोहित पौडेलले पहिला ब्याटिङ गर्ने निर्णय गरेका हुन्।